Public Pana
नेताहरु भेट्न कोशीका मुख्यमन्त्री कार्की काठमाडौंमा

कोशीका मुख्यमन्त्री केदार कार्की काठमाडौं आएका छन् ।

शनिबार प्रदेश प्रमुखबाट मुख्यमन्त्रीको नियुक्ति पाएपछि उनी काठमाडौं आएका हुन् । 


काठमाडौंको त्रिभुवन विमानस्थलमा अवतरण भएपछि उनी कांग्रेस नेता शेखर कोइरालाको निवासमा पुगेका छन् ।


मुख्यमन्त्री कार्कीले भोली आइतबार पद तथा गोपनीयताको शपथ लिँदैछन् ।

शपथ लिनुअघि उनी नेताहरु भेट्न काठमाडौं आएका हुन् ।

प्रकाशित मिति: शनिबार, असोज २७, २०८०  २०:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update