Public Pana
दुर्घटनामा परेका मनाङ एयरका पाइलट  प्रकाश सेढाईंको थप उपचारका लागि भारत लगिदै 

आज शनिबार बिहान दुर्घटनामा परेको मनाङ एयरको (९एन–एएनजे) हेलिकप्टर दुर्घटनामा घाइते भएका पाइलट प्रकाश सेढाईंको थप उपचारका लागि भारत लगिने भएको छ । 


उनको थप उपचारका लागि आजै भारतको नेसनल बर्न सेन्टर मुम्बईमा लैजाने तयारी भएको ह्याम्स अस्पतालले केहिबेरअघि साँझ विज्ञप्ति जारी गर्दै जानकारी दिएको हो ।


आज शनिबार बिहान लुक्लाबाट लोबुचे .सोलुखुम्बु) हेलिकप्टर दुर्घटनामा परेको थियो । 


अस्पतालका अनुसार साँझ साढे सात बजे उनलाई विमानमार्फत् थप उपचारका लागि भारत लैजाने तयारी गरिएको छ । 


उनको मुखको भाग, हातखुट्टा लगायत ४५ देखि ५० प्रतिशत शरीर जलेको अवस्था रहेको अस्पतालले बताएको छ । 


फोक्सो र मेरुदण्डको हड्डी तथा किड्नीमा पनि समस्या देखिएको अस्पतालका डा. सबिन कोइरालाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 


उनको इमर्जेन्सी कक्षमा सुरू गरी भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।
 

प्रकाशित मिति: शनिबार, असोज २७, २०८०  २०:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update