Public Pana
कोशी प्रदेशमा भोलि मन्त्रिमण्डल, अर्को महिना विश्वासको मत

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले भोलि शपथलगत्तै सानो आकारको मन्त्रिमण्डल बनाउने भएका छन् ।


पहिलो चरणमा एकजना कार्कीका तर्फबाट र कम्तीमा एकजना एमालेका तर्फबाट मन्त्रिमण्डलमा सामेल गराइनेछ । 


भोली आइतबार ४ सदस्यीय मन्त्रिमण्डल गठन हुने एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए ।


सम्भावित मन्त्रीको नाम भने टुंगो नलागिसकेको उनको भनाइ छ ।
 

प्रकाशित मिति: शनिबार, असोज २७, २०८०  १९:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update