Public Pana
कोशीमा गठबन्धनकै सरकार बन्ने प्रधानमन्त्री प्रचण्डको दाबी

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोशीमा केन्द्रीय सत्ता गठबन्धनकै सरकार बन्ने बताएका छन् ।


तीन नेताबीच गठबन्धनलाई नै बलियो बनाउने समझदारी भएको भन्दै प्रचण्डले केदार कार्की नै कोशीमा सबैको मुख्यमन्त्री भएको बताए । 


‘नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाजी, म र शेखर कोइरालाको बीचमा आज बिहानैमात्रै समझदारी भएको छ । हामी गठबन्धन बलियो बनाउने कुरामा अझ दृढ र स्पष्ट भएका छौं । कुनै पनि हालतमा गठबन्धनलाई कमजोर हुन दिँदैनौं’ प्रचण्डले चितवनको भरतपुरमा सञ्चारकर्मीसँग भने, ‘हामीबीच गठबन्धनलाई कमजोर बनाउन नदिने समझदारी भएको छ । अहिले कार्कीजी मुख्यमन्त्री बन्नुभएको छ । उहाँ हामी सबैको मुख्यमन्त्री हो ।’


कोशीमा कार्की मुख्यमन्त्री बन्ने प्रक्रियामा समस्या आएको जस्तो देखिए पनि ल्याण्डिङलाई सेफल्याण्डिङ गरिएको भन्दै उनले तत्काल सर्वपक्षीय सरकार नबन्ने बताए । 


‘समस्या जसरी सोचिएको थियो तर हामीले ल्याण्डिङ हुँदाखेरि सेफल्याण्डिङ गरेका छौं’ शेखरले भने, ‘सर्वदलीय सरकार असम्भव भन्ने त छैन, तर तत्काल सर्वपक्षीय बन्ने सम्भावना म चाहिँ देख्दिन । अहिले कोशीमा गठबन्धनकै बन्छ ।’
 

प्रकाशित मिति: शनिबार, असोज २७, २०८०  १४:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update