Public Pana
कोशीमा काँग्रेस संसदीय दलको नेताबाट थापाको राजीनामा - पत्र सहित

गठबन्धनको निर्णय कार्यान्वयन गर्न नसकेको भन्दै नेपाली काँग्रेस कोशी प्रदेश सभा संसदीय दलका नेता उद्धव थापाले राजीनामा दिएका छन् ।


आज शनिबार बसेको संसदीय दलको बैठकपछि उनले राजीनामा दिएका हुन् ।


कोशी प्रदेशको मुख्यमन्त्रीमा शेखर पक्षका सांसद केदार कार्की नियुक्त भएका छन् ।

प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई आज मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। कार्कीलाई नेपाली काँग्रेसका ८ र नेकपा एमालेका ३९ गरी ४७ सांसदको समर्थन छ ।

letter1697274126.png

प्रकाशित मिति: शनिबार, असोज २७, २०८०  १४:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update