Public Pana
लुक्ला उडेको मनाङ एअरको हेलिकप्टर दुर्घटना
फाइल तस्बिर

मनाङ एअरको हेलिकप्टर दुर्घटना भएको छ ।

रुम्झाटारबाट लुक्लाका लागि उडेको ९एन–एएनजे कलसाइन हेलिकप्टर दुर्घटना भएको मनाङ एअरका व्यवस्थापक राजु न्यौपानेले जानकारी दिए ।


हेलिकप्टरमा यात्रु नभएको र पाइलट प्रकाश सेढाइ सुरक्षित भएको उनले बताए ।


आज बिहान ७ः१३ मिनेट उडेको हेलिकप्टर दुर्घटना भएको हो । ‘यात्रु कोही थिएनन्, पाइलट सुरक्षित हुनुहुन्छ’, न्यौपानेले बताए ।
 

प्रकाशित मिति: शनिबार, असोज २७, २०८०  ०८:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update