Public Pana
दशैँ विदामा पनि बालबालिकालाई होमवर्कको बोझ, रमाइलो गर्ने कि तनाबमा बस्ने
विद्यार्थी -सांकेतिक तस्बिर

सरकारी तथा निजी विद्यालयले यो वर्षको वडा दशैँको बिदा शुरु गर्न थालेका छन् । अधिकांश विद्यालयले परिक्षाको निहुँ पारेर दशै खर्च समेत उठाए, परिक्षा सकए अनि होमवर्क दिए बिद्यालय बन्द गराए ।


दशैँमा रमाउने वेला बालबालिकालाई ‘होमवर्क’को बोझ बोकेर घरमा बस्न थालेका छन् । कोही बा आमासँग गाउँ जान्छन् । झोलाको भारीमा किताब कापी नछुटाई ।


दिनदेखि नै होमवर्क दिएका तस्बीर सामाजिक सञ्जालबाट बाहिरिएपछि यसको आलोचना भएको छ । दशैँका वेला होमवर्क नभई रमाउन दिनुपर्ने माग उठेका छन् ।
नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीका अनुसार दशैँमा रमाउनेभन्दा बढी होमवर्क भएका कारण बालबालिका चिन्तित छन् ।

‘निजी होस् या सरकारी विद्यालय‚ वर्षेनि बालबालिकालाई होमवर्क दिने गर्छन्,अहिलेबाटै चिन्ता लिन थालेका छन्, सरकारले दशैँ मनाउन दिएको हो कि होमवर्क गर्न ?’‚आक्रोशित हुँदै उनले भने ।


वास्तवमा भन्ने हो भने, बढी होमवर्क दिइँदा दशैँमा रमाइलो गर्ने वेला अभिभावकहरूलाई क्यालेण्डर खोलेर दिन हेर्नुपर्छ ।


बालबालिकालाई अहिलेबाटै होमवर्क सकाउने चिन्ता छ’, बा आमालाई सिकाउने, टिउसन टिचर बिदामा ।


यो वर्षको दशैँ घटस्थापना असोज २८ गते भोली आयतबार परेको छ ।


कात्तिक ४ गते फूलपाती,५ गते महाष्टमी, ६ गते महानवमी र ७ गते दशैँको टीका परेको छ ।


विद्यालयहरूले बढी होमवर्क दिएकाले बालबालिकालाई मानसिक तनाव भएको भन्दै उमेरअनुसार होमवर्क दिन अभिभावकले माग गरेका छन् ।


‘उमेर र कक्षा तहअनुसार होमवर्क दिइनुपर्छ, उनीहरूको क्षमताअनुसार दिनुपर्छ,दिनभर होमवर्क गर्ने होइन । दशैँ भनेको साथीभाइसँग रमाइलो गर्ने, भेटघाट गर्ने, संस्कृति मनाउने पर्व हो ।

त्यसैले कम होमवर्क दिऊँ, प्रत्येक विषयको होमवर्क दिनु अपराध हो’, अभिभावक समिता लुइटेलले भनिन् ।


विषयगत होमवर्कभन्दा पनि दशैँ कसरी मनाइयो भन्नेबारे प्रोजेक्ट वर्क गराउनुपर्ने आवश्यक छ ।

Dashain-Tika-Jamara1697242667.jpg

प्रकाशित मिति: शनिबार, असोज २७, २०८०  ०५:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update