Public Pana
इजरायली सरकारले आफनै  नागरिकको हत्या गरेको हमासकाे दाबी, गाजापट्टीतर्फ बढयो इजरायली टैंक

 प्यालेस्टाइनी अतिबादी समुह हमासले इजरायली हवाई आक्रमणमा १३ जना बन्धक मारिएको दाबी गरेको छ ।

हमासको सैन्य शाखाका अनुसार गाजा पट्टीमा इजरायली हवाई आक्रमणमा पछिल्लो २४ घण्टामा कम्तीमा १३ इजरायली र विदेशी बन्धक मारिएका छन् । 

‘इजरायललाई आफनो नागरिक प्रति कुनै संबेदनशिल छैन, उसले हवाई हमलामार्फत आफनै नागरिक र बिदेशीहरुको हत्या गरेको छ,’ हमासका सैन्य कमाण्डरले भनेका छन । हमासको बिज्ञप्ति अनुसार गाजाका पाँच स्थानमा यी व्यक्तिहरुको मृत्यु भएको हो ।  गत अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गर्दा १५० जनालाई अपहरण पनि गरेर प्यालेस्टाइनी भुमीतर्फ लगेको थियो ।

साथै, हमासले इजरायलमा फेरी रकेट प्रहार गरेको छ । टाइम्स अफ इजरायलका अनुसार हमासले इजरायली सहर अस्केलोनमा १५० रकेट प्रहार गरेको छ । अश्कलोनबाट प्राप्त तस्विरहरूमा रकेटहरू खसेको देख्न सकिन्छ। हमासले आक्रमण गर्नुअघि सहरमा साइरन पनि बजिरहेको सो मिडियाले जनाएको छ ।


 

प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८०  १७:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update