Public Pana

नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले कांग्रेसको नेतृत्वमा राष्ट्रिय सरकार गठन गर्नुपर्ने बताउनुभएको छ । 
प्रतिनिधिसभाको शुक्रबारको बैठकको बिशेष समयमा बोल्दै गौतमले वर्तमान सरकारले मुलुकको बिभिन्न समस्या समाधान गर्न नसकेको भन्दै कांग्रेसको नेतृत्वमा राष्ट्रिय सरकार गठन गर्नुपर्ने बताउनुभएको हो ।

उहाले वर्तमान सरकारप्रति आशा भरोषा गरेपनि अहिले आम जनतामा देखिएको निराशालाई चिर्न नसकेको बताउनुभयो । सामान्य जनजिविकाका बिषयमा पनि सरकारले कुनै नदेखाएको उहाले बताउनुभयो । 


बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले संविधानमा उल्लेख बिषयहरुलाई कार्यान्वयन गर्दै देशलाई अघि बढाउनुपर्ने बताउनुभयो । उहाले मुलुकमा देखिएका समस्या समाधानका लागि सवै एकीकृत भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

अहिले राष्ट्रिय सरकारको विषयमा चर्चा गर्ने बेला नभएको उहाको भनाइ छ । 

पाण्डेले संघीयतालाई बलियो बनाउन तीनवटै तहको सरकारबीच समन्वयन र सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो ।

प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८०  १६:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update