Public Pana
नेपाली कामदारलाई जर्मनी पठाउने सम्झौतामा दुई मुलुकबीच हस्ताक्षर, दुई हजार युरोसम्म तलव दिइने

जर्मनीमा नेपाली कामदार पठाउने ढोका खुलेको छ । सम्झौतापत्रमा हस्ताक्षर भएसँगै नेपालीलाई रोजगारीका लागि जर्मनी पठाउने बाटो खुलेको हो । सरकारले उक्त सम्झौतालाई  महत्वका साथ हेरेको छ । 

नेपालबाट प्रशिक्षार्थी कामदार लगेर जर्मनीले एक वर्षसम्म तालिम दिनेछ ।  काममा दक्ष बनाएपछि निश्चित मापदण्ड पुरा गरेकालाई मात्रै ‘जब मार्केट’मा पठाउनेछ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र जर्मनीका श्रम तथा सामाजिक मामिला राज्यमन्त्री लियोनी गेवर्सको उपस्थितिमा गत मंगलबार जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्का र जर्मनीको रोजगारी विभागका अन्तर्राष्ट्रिय मामिला निर्देशक माइकल भान डेर क्यामेनले सम्झौतामा हस्ताक्षर गरेका थिए । 


जर्मनीसँगको यो सम्झौता प्रारम्भिक चरणको हो । हाल जर्मनीमा करिब ८ हजारको हाराहारीमा नेपाली छन् । जसमा कोही विद्यार्थीको रूपमा गएका छन् भने कोही व्यक्तिगत श्रम स्वीकृति लिएर गएका छन् ।

अब श्रम स्वीकृति नै लिएर जान पाउने भएकाले दक्ष कामदारले त्यसका साथै मासिक २ हजार युरो (दुई लाख ८२ हजारभन्दा बढी) तलब पाउनेछन् । 

केहि कम तलबमा ट्रेनीहरूलाई खान, बस्न लगायतका सबै सुविधा समेत रहेको छ । 
 

प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८०  १६:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update