Public Pana
युवा उँट चराउन खाडी मुलुक गएकाले नेपालमा चामल उत्पादन नभएको आरजुको दाबी

नेपाली कांग्रेसकी नेतृ डा आरजु राणा देउवाले नेपाली युवा खाडी जाँदा चामल उत्पादन घटेको बताएकी छिन् ।

काठमाडौंको राष्ट्रिय सभागृहमा वाग्मती प्रदेश कांग्रेसले आयोजना गरेको कार्यक्रममा राणाले यस्तो बताएकी हुन् ।


‘बंगलादेश जाँदा लाज पनि लाग्यो। हाम्रो भन्दा ६ गुणा जनसंख्या। तै पनि चामल यति धेरै उत्पादन गरेको छ । हामीमा चाहिँ जनतालाई खान दिन सकेको छैन। हाम्रो खेतहरु बाँझो छ। हाम्रो युवाहरु खाडीमा उँट चराउन गइरहेका छन्,’ उनले भनिन् ।


आफू कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापति भएपछि कृषिबारे धेरै विषय थाह पाएको उनले बताइन् ।
 

प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८०  १६:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update