Public Pana
एनसेल तथा विज्ञसँग टेरामोक्स बारेमा छलफल गरिने

प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले टेरामोक्स  बारेमा एनसेल तथा विज्ञसँग छलफल गर्ने भएको छ ।


टेरामोक्स प्राविधिक विषय भएकाले एनसेल तथा विज्ञसँगको छलफल गरेर थप निर्णय गरिने समितिका सदस्य तथा सांसद राजेन्द्रकुमार केसीले जानकारी दिए ।


टेरामोक्स प्रणालीको खरिद र दूरसञ्चार कम्पनीहरूको लगातार घट्दै गइरहेको आम्दानी सम्बन्धमा हिजो बिहीबार र आज शुक्रबार गरी दुई दिन लगातार समितिको बैठकमा छलफल भएको थियो ।


बैठकले टेरामोस प्राविधिक विषय भएकाले एनसेल र विज्ञसँग पनि छलफल गर्नु पर्ने सांसदहहरुको माग थियो ।


आज शुक्रबारको समिति बैठकले टेरामक्स परियोजनासम्बन्धी सम्पूर्ण कागजात ७ दिन भित्रमा बुझाउन नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ ।


‘टेरामक्स प्रविधि खरिद प्रक्रियाका सम्बन्धमा विस्तृत अध्ययन गर्नुपर्ने भएकाले यो प्रविधि खरिद प्रक्रियाको प्रारम्भदेखि अहिलेसम्मका कागज एवं निर्णयको गतिविधि सात दिनभित्र समितिमा बुझाउन दूरसञ्चार प्राधिकरणलाई निर्देशन छ,’ समितिको निर्देशनमा भनिएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८०  १५:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update