Public Pana
राष्ट्रिय सभा नियमावली संशोधन गर्न गठन भयो, १२ जना मस्यौदा समिति

राष्ट्रिय सभा नियमावली संशोधन गर्न गठन १२ जना सदस्यीय मस्यौदा समिति गरेको छ । 


आज शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकले राष्ट्रिय सभा नियमावली २०७५ संशोधन गर्नका लागि १२ सदस्यीय मस्यौदा समिति गठन गरेको हो ।


समिति सदस्यहरूमा अनिता देवकोटा, खिमलाल देवकोटा, जितेन्द्रनारायण देव, तुल प्रसाद विश्वकर्मा र दिलकुमारी रावल रहेका छन् ।
त्यसैगरी भैरव

सुन्दर श्रेष्ठ, मदनकुमारी शाह गरिमा, महेशकुमार महरा र मोहम्मद खालिद पनि सदस्य रहेका छन् । त्यस्तै डा.विमला राई पौड्याल, शेखरकुमार सिंह र सुरेशकुमार आले मगर पनि मस्यौदा समितिमा रहेका छन् ।


मस्यौदा समितिले राष्ट्रिय सभा र समितिमा सुव्यवस्थित रूपमा सञ्चालन गर्न राष्ट्रिय सभा नियमावली २०७५ मा रहेका सभा तथा समिति सञ्चालनका सन्दर्भमा देखा परेको कठिनाइहरू पहिचान गरी नियमावलीमा संशोधन मस्यौदा तयार गरी सभामा पेश जनाइएको छ ।


समितिले सदस्यहरू मध्येबाट एकजना सभापति चयन गर्ने तथा समिति आफैँले कार्यविधि बनाउने बताइएको छ। सो मस्यौदा समितिलाई पुष १४ गते सम्मको कार्यावधि दिइएको छ ।


बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिकी सभापति दिलकुमारी रावलले राष्ट्रिय सरोकार तथा समन्वय समितिको वार्षिक प्रतिवेदन २०७९-८० पेश गरेका छन् ।
 

प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८०  १४:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update