Public Pana
कृष्ण पहाडीसहितका अधिकारकर्मी सिंहदरबारबाट पक्राउ

सिंहदरबारमा प्रदर्शन गर्ने मानव अधिकार तथा शान्ति समाजका संस्थापक अध्यक्ष कृष्ण पहाडीसहितका अधिकारीकर्मीलाई प्रहरीले पक्राउ गरेको छ ।


विस्तृत शान्ति सम्झौताको मर्म अनुरुप पिडितलाई न्याय र पीडकलाई सजाय सुनिश्चित गर्नु पर्ने माग राखेर समाजले सिंहदरबारको दक्षिण गेटमा प्रदर्शन गरेको थियो ।


प्रदर्शनमा समाजका संस्थापक कृष्ण पहाडीसहितका अधिकारकर्मी सहभागी थिए । उनीहरुले निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले पक्राउ गरेको हो ।


उनीहरुले संक्रमणकालीन न्याय प्रक्रिया सम्बन्धी संसदमा प्रस्तुत संसोधन विधेयक मानव अधिकारमैत्री बनाउनु पर्ने फागुन १ गते बिदा दिने निर्णय खारेज हुनु पर्ने र कैद सजाय माफी गर्न सक्ने अधिकारको दुरुपयोग बन्द गर्नु पर्ने माग राखेका छन् ।


मानव अधिकार तथा शान्ति समाजले कुशासन र दण्डहीनता विरुद्ध असोज २१ गते देखि १० बुँदामा केन्द्रीत रहि सञ्चालन गरिरहेको देशव्यापी अभियानका क्रममा यो प्रदर्शन आयोजना गरिएको जनाएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८०  १३:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update