Public Pana
विश्वव्यापी भोकमरी सूचीमा नेपालले गर्यो सुधार, भारत भयो रुष्ट 
सांकेतिक तस्बिर

दक्षिण एसियाली मुलुकमध्ये भोकमरी सूचीमा नेपाल र श्रीलंकाको अवस्था सुधारोन्मुख देखिएको छ ।

सूचकांकमा भारतको अवस्था निकै कमजोर देखिएको छ । कुल १२५ देशको तथ्यांक उपलब्ध भई गरिएको अध्ययनमा नेपाल ६९ औं स्थानमा रहेको देखिएको छ ।


दक्षिण एसियामा नेपालभन्दा अगाडि श्रीलंका ६० औं स्थानमा छ । भारत १११ औं स्थानमा पुग्दै भोकमरीले आक्रान्त मुलुकमध्येमा परेको छ ।


ग्लोबल हंगर इन्डेक्स २०२३ को नतिजा १६ औं संकरण सार्वजनिक हुँदा नेपालको अवस्थमा सुधार देखिएको राम्रो हो । ग्लोबल हंगर इन्डेक्स अलायन्स नामक एक समूहले तयार गर्छ । जसमा युरोपेली गैरसरकारी संस्थाले नेतृत्व लिएका छन् । यस नतिजाका लागि कुपोषणको अवस्थाबारे गणना गरिने अध्ययनमा उल्लेख छ । 


जसमा जनसंख्याको कति प्रतिशत जनसंख्यामा कम क्यालोरीवाला भोजन मिल्छ भन्ने विषयलाई अध्ययन गर्ने गरिन्छ ।
विश्वव्यापी भोकमरी सूचकांक २०२२ मा नेपाल ८१ औं स्थानमा थियो ।

यसमा व्यापक सुधार गर्दै नेपाल यस वर्ष ६९ औं स्थानमा आइपुगेको हो । नेपालको अवस्था सन् २००२ मा जोखिमपूर्ण अवस्थामा थियो ।

जोखिमपूर्ण अवस्थाबाट निरन्तर सुधार गर्दै आएको नेपाल सन् २०१५ मा ७८ औं स्थानमा थियो । यो सूचीमा पहिलो स्थानमा बेलारुस रहेको छ ।

यो सूचीमा नेपालभन्दा पछाडि दक्षिण एसियाका बंगलादेश ८१, पाकिस्तान १०२, भारत १११, अफगानिस्तान ११५ औं स्थानमा छन् ।


भारतीय सञ्चारमाध्यमहरुका अनुसार छिमेकी मुलुकहरु भन्दा आफ्नो स्थिति खराब देखिएसँगै यो प्रतिवेदनमाथि नै भारतले विरोध जनाएको छ ।


भारतले यसबारे तत्काल प्रतिक्रिया सार्वजनिक गर्दै प्रतिवेदन अमान्य भएको बताएको हो ।


भारतको महिला एवम् बाल विकास मन्त्रालयले यो प्रतिवेदन दूर्भावनाको नियतले बनाएको आरोप लगाएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८०  १३:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update