Public Pana

सत्ता गठबन्धनको सहमतिविपरीत कोशीमा नेपाली कांग्रेस (शेखर कोइराला पक्ष)का केदार कार्कीले एमालेसँग मिलेर मुख्यमन्त्रीमा दाबी गरेपछि राजनीतिक वृत्त गर्माएको छ ।


शेखरको असन्तुष्टिका बीच सत्ता गठबन्धनले माओवादी कोशी प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बोलाई मुख्यमन्त्रीमा अगाडि सारेपछि शेखरले कांग्रेसकै ८ जना सांसदलाई विद्रोह गराएका छन् । सोही विद्रोहले राजनीति नै तरगिंग बनेको हो । 


शेखर पक्षले कांग्रेसका ८ र एमालेका ३९ सांसदको समर्थनमा कार्कीलाई मुख्यमन्त्री बनाउन प्रस्ताव अगाडि सारेपछि उनको उम्मेदवारी फिर्ता गराउन शेखरलाई राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फोन गरेका छन् । 


राष्ट्रपति रामचन्द्र पौडेलले आफूलाई फोन गरेर कोशीमा किन यस्तो भयो भन्दै विद्रोह नर्गन अपिल गरेको तर आफूले गठबन्धनभित्रैबाट सरकार बनाऔं भनेको हुँ, व्यक्ति तोकेको होइन कसैले नमानेपछि मैले बाध्य भएर साथीहरुलाई अगाडी बढाएको र कुनै पनि ब्याक नहुने जानकारी दिएको पब्लिकपानालाई बताए ।


त्यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि कार्कीलाई सम्झाइदिन भन्दै फोन गर्नुभयो, आफूले कार्कीको होइन, आङ्बोको उम्मेदवारी फिर्ता गरेर सहयोग गर्न आग्रह गरेको पब्लिकपानालाई जानकारी दिए ।

प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८०  १३:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update