Public Pana
एमाले मधेशको अधिवेशनमा हुन सकेन सहमति 

नेतृत्व चयनमा सहमति नहुँदा नेकपा एमालेको जनकपुरमा जारी मधेश प्रदेश अधिवेशन लम्बिएको छ ।  


अधिवेशन २४ र २५ असोजसम्म चल्ने पूर्व निर्धारित कार्य तालिका थियो । तर, प्रदेश नेतृत्वमा सहमति नजुट्दा अधिवेशन लम्बिएको हो ।


नेताहरुले प्रदेश नेतृत्व चयनको लागि सहमतिको प्रयास जारी राखिएको र सहमति हुने नेकपा एमालेका अध्यक्ष केपी ओलीले पब्लिक पानालाई जानकारी दिए ।


निर्वाचन समितिले आज शुक्रबार बिहान ८ बजेदेखि निर्वाचनको लागि उम्मेदवारी दर्ता खुला गरेको छ । 


एमाले मधेशको नेतृत्वमा आउन सुरुमा आधा दर्जन जति नेताले इच्छा देखाएका थिए । तर, पछिल्लो समय सर्लाहीका राजनारायण साह र सिरहाका चण्डेश्वर मण्डलले मात्रै दाबी छाडेका छैनन् । साह एमाले सर्लाहीका अध्यक्ष हुन् भने मण्डल सिरहा अध्यक्ष हुन् ।


धनुषाका अध्यक्ष राजकिशोर यादव र नेता लक्ष्मी नारायण यादव, सर्लाहीका पूर्व अध्यक्ष रेवती पन्त र पर्सा अध्यक्ष बिचारी यादव अध्यक्षको दाबीबाट पछि हटेका छन् ।
 

प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८०  १२:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update