Public Pana
जेलभित्र अमेरिकामा एक नेपाली युवकको मृत्यु

अमेरिकाको जेलमा रहेका एक नेपाली युवकको मृत्यु भएको छ । 


स्थानीय सञ्चारमाध्यमका अनुसार न्युयोर्कस्थित राइकर्स आइल्यान्ड जेलमा रहेका २७ वर्षीय मनीष कुँवरको मृत्यु भएको हो । 


यही अक्टोबर ५ तारिख बिहान जेलभित्रै उनको मृत्यु भएको हो । जेल परिसरमा कुँवर अचेत अवस्थामा भेटिएका थिए। उनको मृत्युको कारण खुलाइएको छैन ।

घटनाबारे अनुसन्धान भइरहेको जनाइएको छ । 


डकैती आरोपमा कुँवर गत सेप्टेम्बर २७ मा पक्राउ परेका थिए । उनीविरुद्धको मुद्दामा क्विन्सको अपराध अदालतले यही अक्टोबर २७ मा सुनुवाइ गर्दै थियो ।
 

प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८०  ०९:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update