Public Pana
आगलागी हुँदा नेपालगन्जमा सात पसल जले
फाइल तस्बिर

बाँकेको नेपालगन्ज उपमहानगरपालिकास्थित बीपी चोकमा आज शुक्रबार आगलागी हुँदा सात पसलमा क्षति भएको छ । 


विद्युत् चुहावट भइ आगलागी हुँदा आलिया ट्रेडर्स, शादिया फर्निचर, शरीके फर्निचरलगायतका पसलका सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय खबाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए । 


नेपालगञ्ज उपमहानगरपालिकाको दमकल शाखा प्रमुख झइनबहादुर खडकाले आगलागी नियन्त्रणमा लिन दुई घण्टा लागेको बताए ।

आगो निभाउन उपमहानगरपालिकाको तीन र कोहलपुर नगरपालिकाको एउटा दमकल प्रयोग गरिएको थियो । राससत्यही भएर यसपटक उपधारा ५ मा भने एमालेले कांग्रेसको एउटा पक्षलाई समर्थन गरेको छ । जसको असर केन्द्रसम्म पर्ने नेताहरू बताउँछन् ।


तर, सबैभन्दा पहिला बहुमत सांसदसहित दाबी पेस गरेको भन्दै आङ्बो पक्ष आफ्ना हकमा सकारात्मक निर्णय हुने अपेक्षामा छ ।

उता कार्की सांसद नै स्वतन्त्र हुने भएकाले उपधारा ५ अनुसार आफूले पनि दाबी गरेको जिकिर गर्छन् ।
 

प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८०  ०९:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update