Public Pana
सन्दीप लामिछानेले अब क्रिकेट प्रतियोगिता नखेल्ने बताए  - हेरौं फेसबुकमा लेखेको भनाई

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले आगामी प्रतियोगिताबाट आफ्नो नाम फिर्ता लिएका छन् । 


नाबालिक बलात्कार आरोप लागेका सन्दीपले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै आगामी प्रतियोगिताबाट आफ्नो नाम फिर्ता लिने घोषणा गरेका हुन् ।


गएराति सामाजिक सञ्जालमार्फत् उनले यस्तो घोषणा गरेका हुन् । ‘मैले भारी मनका साथ आगामी प्रतियोगिताहरूबाट नाम फिर्ता लिने निर्णय गरेको छु,’ लामिछानेले लेखेका छन्, ‘म यतिबेला मेरो जीवनकै कठिन र चुनौतीपूर्ण समयबाट गुज्रिहरेको छु ।’


उनले आफूलाई पुनर्जीवन दिन र परिवारलाई समय दिन यस्तो निर्णय गरेको बताएका छन् । 


‘अहिलेसम्म पाएका सबै आशिर्वाद र शुभकामनाहरूका लागि  कृतज्ञता व्यक्त गर्न चाहन्छु। सबैलाई धन्यवाद,’ उनले लेखेका छन् ।


लामिछानेविरुद्धको बलात्कार मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ । मुद्दाको पेसी बिहीबारको लागि तोकिए पनि सुनुवाइ हुन सकेन । 

sandip1697159297.png

प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८०  ०६:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update