Public Pana
अधिकांश स्थानमा आज चट्याङसहित वर्षा हुने

आज शुक्रबार दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 


कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
‘राति कोशी प्रदेशलगायत बागमती र गण्डकीका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ,’ महाशाखाले आज शुक्रबार बिहान जारी गरेको सूचनामा भनिएको छ, ‘कोशी प्रदेशका थोरै स्थान तथा बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जन–चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।’

 

प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८०  ०६:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update