Public Pana

इजरायलबाट २५४ जना नेपाली विद्यार्थीलाई उद्धार गरी आज शुक्रबार बिहान नेपाल ल्याइएको छ । 


उनीहरुलाई नेपाल एयरलाइन्सको  विमानबाट नेपाल ल्याइएको हो । नेपालीको उद्धारका लागि परराष्ट्रमन्त्री एनपी साउद आफैँ चार्टर विमानमा इजरायल पुगेका थिए । 
त्रिभुवन विमानस्थलमा अवतरणपछि विद्यार्थीहरुले 
स्वदेश फर्किन पाउँदा खुसी लागेको बताए ।

चारैतिर रकेटबाट बम नै बम खस्दा लुक्ने ठाउँ नै फेला पार्न उनिहरुलाई गारो भएको समेत सुनाए ।

साथसाथै १० जना साथीहरु हमासको आक्रमणमा मारिँदा दुखित भएको पनि बताए । 


गत शनिवार गाजास्थित हमास समूहको तर्फबाट भएको आक्रमण भएको थियो । जसमा परेर १० जना नेपाली विद्यार्थीले ज्यान गुमाए उनिहरुको पिडा थियो ।


त्यो पीडा उनिहरुले जीवनभर भुल्ने छैनन् ।

51697157071.png

71697157046.png

61697157025.png

41697157001.png

return_from_israel_31697156980.jpg

return_from_israel_21697156964.jpg


 

प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८०  ०६:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update