Public Pana
शान्ति प्रक्रियालाई पेचिलो बनाउने प्रयास आफ्नैबाट भएको प्रधानमन्त्री प्रचण्डको दुखेसो 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शान्ति सम्झौताका सहयात्रीमा नै जनयुद्धको सन्दर्भ र शान्ति प्रक्रिया टुंग्याउने विषयमा नकारात्मक प्रवृत्ति देखा परेको बताएका छन् ।


द्वन्द्व पीडित परिवारका आफन्त तथा परिवारहरूले ‘संक्रमणकालिन न्यायप्रक्रियामा पीडित केन्द्रित दृष्टिकोण र समाधानको बाटो’ विषयक राष्ट्रिय परामर्श भेला गरी निकालेको निष्कर्ष पत्र बुझ्दै प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् ।
‘केही मान्छेहरू द्वन्द्वका कारण केही सिमित  व्य

क्ति मात्रै पिडित भएका हुन्  जसरी प्रचारमा लाग्ने गरेको र विश्व समुदायलाई भ्रममा पार्न सकिन्छ कि भनेर  प्रसाय गरी राखेका छन्,’ प्रधानमन्त्री प्रचण्डले भने ।


तर आफ्नो प्रयासले हजारौं हजार नागरिक, आम रूपमा न्याय भयो कि भएन भन्ने विश्व समुदायको ध्यान आकर्षित गरेको प्रधानमन्त्रीको भनाइ छ ।


संक्रमणकालिन न्यायप्रक्रियामा पीडित केन्द्रित दृष्टिकोण र समाधानको बाटो विषयिक छलफल राखेर शहिद ब्यपत्ता योद्धा यतना पीडित र पीडित सदस्यहरूले लिएको पहलप्रति प्रधानमन्त्री प्रचण्डले धन्यवाद व्यक्त गरे ।


शान्ति प्रक्रिया टुंग्याउने विषयलाई  पेचिलो बनाउने प्रायस आफ्नै मान्छेबाट भैराखेकामा प्रचण्डले दुखेसो समेत पोखे ।

प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  १९:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update