Public Pana
नेपाल र लाओसको खेल बराबरीमा
अन्जन विष्ट

विश्वकप छनोटमा नेपालले लाओसविरुद्ध बराबरी गोल फर्काएको छ ।


त्रिपुरेश्वरस्थित दथरथ रंगशलामाको खेलको पहिलो हाफमा लाओसले अग्रता लिएको थियो । ३३औं मिनेटमा लाओसका कप्टान बाउलपछान बोयनकोङले गोल गरेका हुन् ।


उनले चोनी वेनपासेर्थको पासमा नेपाली खेलाडीलाई छक्काउँदै गोल गरे । सुरुमा अनन्त तामाङलाई छलाएका उनले तीन नेपाली खेलाडीलाई बिट गर्दै गोल गरेका हुन् ।


तर ४९ औं मिनेटमा अन्जन विष्टले बराबरी गोल फर्काए ।

 एरिक विष्टको कर्नरमा विष्टले हेडर गोल गरेका हुन् ।


नेपाल र लाओसबीचको दोस्रो लेगको खेल १७ अक्टोबरमा लाओसको मैदानमा हुनेछ ।


यस खेलको विजेता दोस्रो चरणमा प्रवेश गर्नेछन् । जहाँ ९ समूहमा ४–४ टिम हुनेछ र होम एण्ड अवेका आधारमा ६ खेल खेल्न पाउनेछ ।
 

प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  १९:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update