Public Pana

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले चाडपर्वका बेला आन्तरिक जहाजहरुले भाडाबृद्धि गर्न नपाउने बताउनुभएको छ । 


बिहीबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै मन्त्री किरातीले भाडाबृद्धि भएको भन्ने बिषयमा शुक्रबार सेवाप्रदायकसंस्थाहरुसंग कुरा गर्ने भन्दै चाडपर्वका बेला आन्तरिक जहाजहरुले भाडाबृद्धि गर्न नपाउने बताउनुभएको हो ।


नियमकानून भन्दा बाहिर गएर कसैले भाडा बढाउन नपाउने उहाले बताउनुभयो ।

त्यस्तै मन्त्री किरातीले दशैभन्दा अगाडी नै थप जहाज ल्याउने कोशीस गरेपनि ल्याउन नसकिएकाले अहिलेलाई भएका जहाजबाट नै कामचलाउनुपर्ने अवस्था रहेको बताउनुभयो । 
 

प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  १९:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update