Public Pana

नेकपा माओवादी केन्द्रका नेता बर्षमान पुनले मुलुकको आर्थिक अवस्थाका बारेमा सरकारले स्पष्ट पार्नुपर्ने बताउनुभएको छ ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा नेता पुनले बाह्य क्षेत्र राम्रो देखिएपनि मुलुकको अर्थतन्त्र आन्तरिक रुपबाट चलायमान हुन नसकेको अवस्थामा अर्थमन्त्रालय वा समग्र मन्त्रीपरिषदले धारणा स्पष्ट पार्नुपर्ने बताउनुभएको हो ।

उहाले अर्थतन्त्र सुधारका लागि सरकारले सवै पक्षसंग छलफल गरेर छिटो भन्दा छिटो आवश्यक कदम चाल्नुपर्ने बताउनुभयो ।

उहाले दैनिक उपभोग्य वस्तु सहज रुपमा उपलब्ध हुने गरी आपूर्ति व्यवस्था सहज बनाउनुपर्ने बताउनुभयो । 


त्यस्तै सांसद अर्जुन नरसिंह केसीले बजारमा मूल्यबृद्धि भएको र जनताले चाडवाड मनाउन नसक्ने अवस्था देखिएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाले माग अनुसारको चिनि ल्याउन सरकार असफल भएकाले कालोबजारी मौलाएको जिकिर गर्नुभयो । 


त्यस्तै सांसद सूर्य थापाले भाद्र र असोज महिनामा नेपालका मन्त्रीहरु विदेश भ्रमणका जाने संख्या बढेको र त्यसले मितव्ययीता अपनाउने सरकारको योजनामा खिल्ली उडेको बताउनुभयो ।

मन्त्रीहरुको विदेश भ्रमणको विवरण स्वेतपत्रका रुपमा सदनमा उपलव्ध गराउन उहाले माग गर्नुभयो ।


त्यस्तै सांसद प्रदीप यादवले हाल बन्द रहेका उद्योगधन्दा सञ्चालनमा ल्याउनका माग गर्दै लामो समय बन्द रहेका कृषि औँजार कारखाना सञ्चालनमा ल्याउनु पर्नेमा जोड दिनुभयो ।
 

प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  १८:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update