Public Pana

कोशीमा नेपाली कांग्रेसका डा. शेखर कोइराला पक्षका ८ प्रदेशसभा सदस्यले नेकपा माओवादी संसदीय दलका नेता इन्द्र आङबोले आफूहरुको हस्ताक्षर दुरुपयोग गरेको भन्दै प्रदेश प्रमुखको कार्यालयमा निवेदन दिएका हुन् ।


उनीहरुले मुख्यमन्त्री नियुक्तिका लागि कांग्रेस नेता केदार कार्कीले पेश गरेको दाबीमा हस्ताक्षर गरेका छन् ।


आङबोले पनि उनीहरुको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी परेपछि ८ जनाले आफूहरुको हस्ताक्षर दुरुपयोग भएको बताएका हुन् ।


कार्कीलाई समर्थन गर्नेमा उदयपुरका रामकुमार खत्री, लिलाकुमारी राई, इलामका शमशेर राई र गोविन्द गिरी, झापाकी इन्दिरा थापा, मोरङका मानबहादुर लिम्बू र सुनसरीका सुनिता गुरुङ छन् ।


कोशीमा कांग्रेस २९ प्रदेश सांसद छन्, उनीहरुमध्ये ८ जनाले आङबोलाई समर्थन नगरेको बताएका हुन् ।
 

प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  १८:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update