Public Pana
वार्ताका लागि बोलाइएको स्थानिय कर्मचारीको टोली सिंहदरबार छिर्न नपाउदा गेटबाट फर्कियो 

वार्ताका लागि बोलाइएको स्थानिय कर्मचारीको टोली सिंहदरवार प्रवेशमा रोक लगाएको भन्दै आक्रोशित बनेको छ ।


दिपक गौतमको संयोजकत्वमा आएको स्थानीय तह कर्मचारी केन्द्रीय सङ्घर्ष समितिको वार्ताटोलीले सिँहदरवार गेटबाट प्रवेश नपाएको भन्दै आक्रोशित भएका हुन् । 


सरकारी परिचय पत्र देखाए पनि स्थानीय तहका कर्मचारीहरूलाई सिँहदरवार प्रवेश गर्न नदिएको  सहभागीले बताए ।


संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव तथा वार्ता टोलिका संयोजक कमल भट्टराईले सिंहदरवार प्रवेशमा रोक नलगाएको बताए ।


‘स्थानीय तहका कर्मचारी अहिले सडक आन्दोलन गरी रहेकोले शान्ति सुरक्षाका हिसाबले गृहबाट केही निर्देशन भएको हुन सक्छ तर अहिले हामीले सहजीकरण गरी सकेका छौ, संयोजक भट्टराईले भने


आज बिहिबार मात्र मन्त्रालयले स्थानीय तहका कर्मचारीसँग वार्ताका लागि भन्दै चार सदस्यीय टोली गठन गरेको थियो ।
 

प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  १६:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update