Public Pana
आम माफी पाएका रिगलको मुद्दा, अर्को महिनाको मध्यमा

योगराज ढकाल रिगललाई आममाफी दिने राष्ट्रपतिको निर्णयविरुद्ध परेको रिटको टुंगो दशैंपछि मात्र लाग्ने भएको छ ।


सर्वोच्च अदालतमा आज बिहीवार भएको सुनुवाइ अर्को पेशी कात्तिक १४ गतेका लागि तोक्ने गरी सकिएको छ ।


प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ तथा न्यायाधीशहरू आनन्दमोहन भट्टराई र कुमार रेग्मीको पूर्ण इजलासमा परेको रिटमा बिहीबार सुनुवाइ भएपछि अर्को पेशी कात्तिक १४ गतेका लागि तोक्ने निर्णय आएको अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले बताए ।


४० प्रतिशत कैद भुक्तान गरेकाको कैद माफी मिनाहा दिन मिल्ने भनेर यसअघि अर्कै मुद्दामा फैसला गरेका कारण आफूले यो रिट हेर्न नमिल्ने जानकारी न्यायाधीश आनन्दमोहन भट्टराईले इजलास समक्ष गराएका थिए ।


न्यायाधीश भट्टराईको रेक्युजलपछि १४ गतेलाई पेशी तोक्ने गरी सुनुवाइ सकिएको छ ।


खुँडा प्रहार गरी नेपालगञ्जका चेतन मानन्धरको हत्या गरेको अभियोगमा जन्मकैद भुक्तान गरिरहेका रिगलले संविधान दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएका थिए ।


उक्त निर्णयविरुद्ध चेतनकी पत्नी भारतीले सर्वोच्च अदालतमा रिट दायर गरेकी हुन् ।
 

प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  १६:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update