Public Pana

इजरायलमा रहेका नेपाली नागरिक लिन गएको नेपाल एयरलाइन्सको विमान तेल अभिभस्थित बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।


आज बिहीबार बिहान दुबई हुँदै गएको नेपाल एयरलाइन्सको विमान केही बेरअघि तेल अभिभमा अवतरण गरेको हो । 
अहिले यात्रुहरू जहाजमा चढिरहेका छन् । सरकारले स्वेदश फिर्ता हुन चाहनेका लागि लिन नेपाल एयरलाइन्सको जहाज पठाएको हो ।


आज बिहीबार करिब २५० जना नेपाली विद्यार्थी स्वदेश फर्कने तेलअभिभस्थित नेपाली राजदूतावासले जनाएको छ । नेपालीहरूलाई लिन परराष्ट्रमन्त्री एनपी साउदसहितका सरकारी अधिकारी पनि गएका छन् ।

युद्धग्रस्त क्षेत्रबाट उद्धार गरी विभिन्न सेल्टरमा राखिएका नेपालीहरुलाई अहिले विभानस्थलमा ल्याइएको हो ।


पहिलो लटमा स्वदेश फिर्ता हुने टोलीमा हमासको आक्रमणबाट जोगिएका वीरेन्द्र चौधरी, प्रमोद केसी र धनबहादुर चौधरी पनि आउँदैछन् । यीमध्ये धनबहादुर चौधरी आक्रमणबाट घाइते भएका व्यक्ति हुन् ।

उपचारकै क्रममा रहेका उनलाई ट्राभल गर्न सक्ने चिकित्सकहरूले बताएपछि उनी स्वदेश नै आउन लागेका हुन् ।


आक्रमणमा परी घाइते भएका प्रविन डाँगी, विधान सेजुवाल र हिमाञ्चल कट्टेलको भने इजरायलमै उपचार भइरहेको छ । आक्रमणमा परेका विपिन जोशी अझै बेपत्ता छन् ।

१७ जनाको समूहमा भएको आक्रमणमा परी १० जना नेपालीको मृत्यु भएको थियो ।

मृतकको पनि शव ल्याउने प्रक्रिया जारी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

pararastra spokeperson1697115690.png

इजरायलबाट नेपालीको उद्धार गरी विमान राति ९ बजे फर्किने परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ ।

 

isrealma_nepali_1697105942.jpg

प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  १५:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update