Public Pana

कृषि तथा पशुपन्छीमन्त्री डा बेदुराम भुसालले खाद्यान्नमा मुलुकलाई आत्मनिर्भर बनाउन योजनाका साथ अघि बढ्नुपर्ने बताउनुभएको छ । 


विश्व खाद्य दिवसका अवसरमा बिहीबार ललितपुरमा कृषि बिभागले आयोजना गरेको मूल समारोह कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भुसालले मुलुकको कृषियोग्य जमिनलाई उपयोग गरेर खाद्यान्नमा मुलुकलाई आत्मनिर्भर बनाउन सकिने भन्दै यसका लागि योजनाका साथ अघि बढ्नुपर्ने बताउनुभएको हो ।

उहाले कृषि र सिँचाईलाई संगसगै अघि बढाउन सके उत्पादन बढाउन सकिने जिकिर गर्नुभयो । एक लाख हेक्टर जमिनमा चैते धान लगाउन सके ६ देखि ७ लाख मेट्रिक टन धान उत्पादन हुने उहाले बताउनुभयो ।

त्यस्तै मन्त्री भुसालले तराईका कृषियोग्य जमिनमा सिँचाई पुगे प्रतिहेक्टर सात देखि आठ टन बढि उत्पादन हुने जिकिर गर्नुभयो । उहाले यस बर्ष बर्खे धानको उत्पादन नघट्ने आकंलन रहेको पनि बताउनुभयो ।

बीउ उत्पादनमा मुलुकमा धेरै राम्रा काम भएकाले किसानसमक्ष पुराउन सक्नुपर्ने उहाको भनाइ छ । 


‘जीवन र खाद्यको आधार पानी हो’ मूल नारासहित यस वर्ष विश्व खाद्य दिवस मनाएको हो । नेपालको चालु १५औँ आवधिक योजनाले नेपालमा २१ प्रतिशत जनसंख्या अझैं पनि प्रयाप्त खाद्यान्नमा पहुँच नभएको उल्लेख गरिएको छ 
 

प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  १५:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update