Public Pana
सन्दिप लामिछाको मुद्दा आज पनि स्थगित

नेपाली क्रिकेट खेलाडी सन्दिप लामिछाने विरुद्धको बलात्कार मुद्दाको सुनुवाइ आज बिहीबार पनि स्थगित भएको छ । जिल्ला अदालत काठमाडौंले गोला प्रक्रियाका क्रममा मुद्दा स्थगित भएको जनाएको छ ।


जिल्ला अदालतका स्रेस्तेदार रामु शर्माले सन्दिप लामिछाने विरुद्धको मुद्दा रहेको फाँटको सबै मुद्दा स्थगित भएको बताए ।

उनले भने, ‘सरुवा भएर आउनुपर्ने सबै न्यायाधीशहरु आइपुग्नुभएको छैन । गोला तान्ने क्रममा त्यो फाँटको सबै मुद्दा स्थगित भएको हो ।’


बालिका बलात्कारको आरोप लागेका लामिछानेविरुद्धको मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ ।
 

प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  १५:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update