Public Pana
काठमाडौंमा गोली चल्यो, १ जना घाइते 

काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा प्रहरीले गोली चलाएको छ ।


उपत्यका अपराध अनुसन्धान कार्यालयले लुटेरा समूहमाथि गोली चलाउँदा एक जना घाइते भएको जनाएको छ । त्यस्तै ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।


गोकर्णेश्वर नगरपालिका–९ जगडोलमा लुटेरा समूह आएको खबर पाएपछि प्रहरी पुगेको थियो । तर लुटेरा समूहले हतियार निकालेपछि आत्मरक्षाका लागि गोली चलाएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीले जानकारी दिए ।


‘लुटेरा समूह आएको जानकारी पाएपछि हामी पुगेका थियौं, चेकजाँचका क्रममा उनीहरुले हतियार निकाले’, उनले भने,’आत्मरक्षाका लागि हामीले पहिले गोली चलायौं । एक जना घाइते भएका छन् ।’


घाइते युवकको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको छ ।

नियन्त्रणमा लिएकाहरुलाई प्रहरी वृत्त वौद्धमा राखिएको छ ।
 

प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  १४:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update