Public Pana
उपराष्ट्रपति यादवलाई सिभिल अस्पताल भर्ना : डेंगु संक्रमण

उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई डेंगु संक्रमण पुष्टि भएको छ । उनी बानेश्वरस्थित सिभिल अस्पतालमा भर्ना भएका छन् ।


उपराष्ट्रपति कार्यालयका अनुसार अहिले भने स्वास्थ्यमा तुलनात्मक सुधार देखिएको छ ।


उपराष्ट्रपति यादव सोमबारदेखि नै अस्वस्थ थिए । निवासमै उपचार गरिरहे पनि ठीक नभएपछि बुधबार साँझ सिभिल अस्पतालमा भर्ना गरिएको थियो ।


राष्ट्रपति रामचन्द्र पौडेलले उपराष्ट्रपति यादवलाई टेलिफोन गरेर स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।
 

प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  १४:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update