Public Pana

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको राजनीतिक परिवर्तनको औचित्य पुष्टि गर्न मुलुकको आर्थिक बिकास र समृद्धि रहेको बताउनुभएको छ । 


नेपाल पत्रकार महासंघ र नेपाल अमेरिका पत्रकार संघले आज बिहीबार काठमाडौंमा आयोजना गरेको नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार बितरण समारोहलाई सम्बोधन गर्दै श्रेष्ठले भ्रष्टाचारको नियन्त्रण र दण्डहीनताको अन्त्यविना देशको आर्थिक समृद्धि फड्को मार्न नसक्ने र राजनीतिक परिवर्तनको औचित्य पुष्टि नसक्ने बताउनुभएको हो ।


मुलुकको समृद्धि र बिकासको प्रक्रियालाई तीव्रता दिएर शिक्षा, स्वास्थ्य रोजगारी लगाएतका जिवनका आवश्यकताहरु जनताले पूर्ति गर्ने अवस्था ल्याउनुपर्ने उहाले बताउनुभयो ।

उहाले अहिलेको राष्ट्रिय कार्यभार पुरा गर्न राजनीतिक नेतृत्वले सहमतिका साथ काम गरेर मुलुकलाई एकतवद्ध रुपमा अघि बढाउनुपर्ने बताउनुभयो । अपराध, भ्रष्टाचार नियन्त्रण गर्दै सुशासनको स्थापना गर्ने अहिलेको कार्यदिशाको प्रमुख अंग गरेको उहाको भनाइ छ । उहाले सुशासनको अभियानलाई कमजोर पार्ने प्रयन्त भइरहको भन्दै गृहमन्त्री श्रेष्ठले सुशासनको अभियान बलियो बनाउन सवैले भूमिका खेल्नुपर्ने बताउनुभयो । 


कार्यक्रममा जुम्लाकी दिलमाया शाही र सिन्धुपाल्चोककी कमला तामाङलाई नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो ।

पुरस्कारको राशी १ लाख ११ हजार १ सय ११ रुपैया रहेको छ । 
 

प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  १४:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update