Public Pana

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नेपाली भूमिमा भारतीय प्रधानमन्त्रीको भ्रमणका बारेमा सरकारको जवाफ माग गर्नुभएको छ ।


आज बिहीबार बसेको प्रतिनिधिसभाको आकस्मीक समयमा बोल्दै सभापति लामिछानेले नेपालले जारी गरेको चुच्चे नक्साभित्र पर्ने कुटी र गुञ्जीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भ्रमण गरेको प्रति सरकारले जवाफ दिनुपर्ने माग गर्नुभएको हो ।


उहाले छिमेकी राष्ट्रका प्रधानमन्त्री नेपालको भूमिका आउदा सरकारले जनता र सदनलाई जानकारी गराउनु पर्दैन भन्दै प्रश्न गर्नुभयो । लामिछानेले भारतीय प्रधानमन्त्री नेपालको नक्सामा रहेको नेपालको भूभागमा आउन सरकार बेखवर रहेको भन्दै आपत्ती जनाउनुभयो । 


भारतीय प्रधानमन्त्री मोदीले बिहीबार बिहान गुञ्जी लगाएतमा क्षेत्रको भ्रमण गर्नुभएको थियो । 
 

प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  १४:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update