Public Pana

सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को नवीकरण, वर्ग थप र राजस्व भुक्तानी अनलाइन प्रक्रियाबाटै गर्न सकिने भन्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले नाटक प्रर्दशन गरेका छन् ।


नेपालभर लाग्ने रकम अनलाइनबाट होला तर मानसिक रुपमा त्राहिमाम पार्ने दलालीहरुलाई भने नहटाउदा सर्वसाधारण मारमा पर्नेको विकल्प छैन ।


आज बिहीबार ललितपुरको एकान्तकुनामा सवारी चालक अनुमतिपत्रको अनलाईन राजश्व भुक्तानी सहितको विधुतीय सेवा प्रवाह प्रणाली विस्तार सेवाको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र बागमती प्रदेशका श्रम रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्सालले शुभारम्भ गर्नुभयो ।


विधुतीय सेवा प्रवाह प्रणाली विस्तार सेवाको शुभारम्भ गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जनतालाई सहज रुपमा सेवा दिनका लागि सेवा शुभारम्भ सुरु गरिएको बताउनुभयो ।

उहाले सहयोगका नाममा सेवाग्रहीहरुलाई दुख दिने काम गरेको भन्दै कर्मचारीहरुले नै यसलाई नियन्त्रण गर्नुपर्ने धारणा राख्नुभयो ।

कर्मचारीहरुले सेवाग्राहीलाई सहज रुपमा सेवा दिन विचौलियाहरु कम हुँदै जाने उहाको भनाइ छ । त्यस्तै मन्त्री ज्वालाले आगामी ६ महिनामा सवारी चालक अनुमतिपत्र बितरणको काम सहज हुने बताउनुभयो । 


छिटै १२ लाख स्मार्ट लाइसेन्स आउने र त्यसपछि स्मार्ट लाइसेन्सको अभाव हट्ने दावी गर्नुभयो । 


त्यस्तै बागमती प्रदेशका श्रम रोजगार तथा यातायातमन्त्री लम्सालले बर्षमा औसत ६ लाख यातायात कार्यालयमा आउने गरेको भन्दै उनीहरुलाई सहज रुपमा सेवा दिन कर्मचारीहरु तत्पर हुनुपर्ने बताउनुभयो ।

यातायात कार्यालयप्रति जनमानसको सोचाईलाई परिवर्तन गर्न जरुरी रहेको उहाको भनाइ छ । 


उहाले यातायात सम्बन्धी सम्पूर्ण सेवाहरुलाई सहज रुपमा बढाउनका लागि आवश्यक तयारी भइसकेको बताउनुभयो । सरकारले उपत्यकापछि देशैरभर यातायात कार्यालयलाई अनलाइन मैत्री बनाउने तयारी गरेको छ । 
 

प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  १३:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update