Public Pana
भारतीय प्रधानमन्त्री मोदी नेपाललाई जानकारी नदिइ पुगे नेपाली भूमि कालापानी :तस्बिर सहित
नेपाली भूमी कालापानीमा दर्शन गर्दै मोदी

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आज बिहीबार अतिक्रमित नेपाली भूमि कालापानी क्षेत्र पुगेका छन् ।


कैलाश पर्वतको दर्शन गर्न मोदी अतिक्रमित नेपाली भूमि कालापानी क्षेत्रमा पुगेका हुन् । यसबारे भारतीय पक्षले नेपाललाई कुनै औपचारिक जानकारी गराएको छैन ।


भारतले प्रधानमन्त्री मोदीको भ्रमणबारे औपचारिक जानकारी नदिइएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशीले सञ्चार माध्यमहरुलाई बताइन् ।

 
हेलिकप्टरबाट मोदी अतिक्रमित नेपाली भूमि कुटीस्थित जोलिङकोङ उत्रिएका थिए ।


मोदीले जोलिङकोङमा पूजापाठ र कैलाश पर्वतको दर्शन गरेका छन् ।


कैलाश दर्शनपछि चुच्चे नक्सामा समेटिएको नेपाली अतिक्रमित भूमि गुञ्जीमा स्थानीयसँग छलफल  भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । 

modi1697094585.jpg


भारतद्वारा अतिक्रमित नेपाली भूमि कुटी, नावी, गुञ्जी गाउँ र भारतीय रोङकाङ, नपलच्यु, गब्र्याङ गाउँवासीसँग सामान्य छलफल भेटेका छन् ।

 
मोदीले कालापानी क्षेत्रमा तैनाथ भारतीय सेना, इन्डो–तिब्बत बोर्डर पुलिस फोर्स (आईटीबीपी), सशस्त्र सीमा बल (एसएसबी) र अन्य सुरक्षा निकायका अधिकारीसँग पनि भेटघाट तथा छलफल गरेका छन् । 

moodi1697094524.jpg


भारतीय सञ्चारमाध्यमका अनुसार मोदी अल्मोडा जिल्लामा पर्ने जागेश्वर धामको दर्शन र पूजापाठ समेत गरेका छन् । 
प्रधानमन्त्री मोदीसँग उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामी पनि छन् ।


भारतले नेपालका लिम्पियाधुरा, लिपुलेख र कालापानी क्षेत्रमा अतिक्रमण गरी बाक्लो मात्रामा सैन्य तथा सुरक्षा फौज तैनाथ गरेको छ ।
 

प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  १२:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update