Public Pana
एमाले मधेश अध्यक्षको दाबीबाट पछि हटे रेवती 

एमाले मधेश प्रदेशका निवर्तमान उपाध्यक्ष रेवती पन्त पार्टीको प्रदेश अध्यक्षको दाबीबाट पछि हटेका छन् । 


एमालेको जनकपुरमा जारी मधेश प्रदेश अधिवेशन नेतृत्व चयन प्रक्रियामा प्रवेश गरिरहँदा नेता पन्त भने प्रदेश अध्यक्षमा दाबी नगर्ने मनस्थितिमा पुगेका हुन् ।


एमाले सर्लाहीका पूर्व अध्यक्षसमेत रहेका पन्तमाथि सर्प पाल्ने नाममा राज्यको १८ करोड रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर भएको छ ।


पन्त अध्यक्ष रहेको सर्लाहीको लालबन्दीस्थित झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानले सर्पदंशको उपचारमा प्रयोग हुने एन्टिस्नेक भेनम उत्पादन गर्ने परियोजनामा कामै नगरी राज्यको झण्डै १८ करोड रुपैयाँ भ्रष्टाचार गरेको अभियोग छ । 


यो अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गएको आइतबार विशेष अदालतमा पन्तसहित सात जनाविरुद्ध मुद्दासमेत दायर गरेको छ । 
 

प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  १२:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update