Public Pana
इजरायलबाट आज विद्यार्थी ल्याइँदै, तत्काल शव ल्याउन नमिल्ने : परराष्ट्र मन्त्रालय

इजरायलमा हमासले गरेको आक्रमणका कारण त्यहाँबाट नेपाल फर्कन चाहेका विद्यार्थी आज बिहीबार)आउने भएका छन् ।

नेपाली विद्यार्थीको उद्धारका लागि नेपाल वायु सेवा निगमको जहाज गएराति अर्थात विहान २ बजे त्यसतर्फ प्रस्थान गरेको छ ।

उनीहरूलाई लिएर जहाज आज बिहीबार बेलुकी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पहिलो चरणमा २५४ जना विद्यार्थी फर्काउन लागिएको छ । स्वदेश फर्किन चाहनेको सङ्ख्या धेरै भएपछि पहिलो चरणमा विद्यार्थी मात्रै फर्काइने छ । त्यसपछि क्रमशः श्रमिकलाई फर्काइने छ । 


नेपालबाट ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत इजरायल गएका विद्यार्थी ल्याउने विशेष योजना हो । त्यसै कार्यक्रममा गएका १० जना विद्यार्थीको भने हमासको आक्रमणमा परी ज्यान गएको छ ।

उनीहरूको शव भने आज ल्याइने छैन ।

इजरायलको ‘प्रोटोकल’ अनुसार तत्काल शव ल्याउन नमिलेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सरकारले चाँडोभन्दा चाँडो शव ल्याउन पहल गरिरहेको छ ।
 

प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  ०८:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update