Public Pana
विश्वकपमा अफगानिस्तानलाई भारतले सहज हरायो

एकदिवसीय क्रिकेट विश्वकपअन्तर्गत बुधवार राति सकिएको खेलमा घरेलु टोली भारतले अफगानिस्तानमाथि सहज जीत निकोलेको छ ।


दिल्लीमा भएको खेलमा भारतले ८ विकेटको सहज जीत निकालेको हो ।


अफगानिस्तानले दिएको २७३ रनको लक्ष्य भारतले मात्र २ विकेटको क्षतिमा ३५ ओभरमै पूरा गर्यो । 


भारतको जीतमा कप्तान रोहित शर्माले ८४ बलमा १६ चौका र ५ छक्कासहित सर्वाधिक १३१ रनको शतकीय पारी खेले । रोहितले ६३ बलमा शतक हानेका थिए । 


उनको यो विश्वकपको सातौं शतक हो । यसअघि उनले २०१५ को विश्वकपमा एक र २०१९ को विश्वकपमा पाँच शतक हानेका थिए ।


योसँगै रोहित विश्वकपमा सर्वाधिक शतक प्रहार गर्ने खेलाडी बनेका छन् । उनले भारतकै पूर्वकप्तान सचिन तेन्दुलकरको ६, श्रीलंकाका पूर्वकप्तान कुमार संगाकारा र अष्ट्रेलियाका रिकी पोन्टिङको ५–५ शतकको कीर्तिमान तोडेका हुन् ।


यस्तै विराट कोहलीले ५६ बलमा अर्धशतकीय पारी खेल्दै अविजित ५५, ईशान किशनले ४७ बलमा ४७ तथा श्रेयस ऐय्यरले २३ बलमा अविजित २५ रन बनाएपछि भारतले लक्ष्य भेट्टाएको हो ।


अफगानिस्थानका राशिद खानले २ विकेट लिएका हुन् ।


यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको अफगानिस्तानले पूरै ओभर खेल्दै ८ विकेट गुमाएर २७२ रन बनाएको थियो । 
 

प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  ०६:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update