Public Pana

परराष्ट्र मन्त्रालयले इजरायलमा बेपत्ता नेपाली विद्यार्थीको खोजी जारी रहेको बताएको छ ।


आज बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता सेवा लम्सालले कञ्चनपुरका विद्यार्थी विपिन जोशीको खोजी भइरहेको बताइन् ।


बेपत्ताको खोजीबारे सञ्चारकर्मीको जिज्ञासामा प्रवक्ता लम्सालले त्यहाँ विभिन्न माध्यमबाट ती विद्यार्थीको खोजी गरिरहेको र अहिले नै सबै कुरा भन्न नमिल्ने उल्लेख गरिन् ।


विभिन्न अस्पतालमा उनको तस्बिर र पासपोर्टको फोटोकपी देखाएर पत्ता लगाउने कोसिस भइरहेको पनि लम्सालले जानकारी समेत दिइन् । 


गत  शनिबार गाँजा क्षेत्रमा प्यालेस्टाइनी विद्रोहीले गरेको आक्रमणका क्रममा १० जना विद्यार्थीका मृत्यु भएको छ ।
सोही घटनामा परी सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थी विपिन सम्पर्कविहीन भएका छन् ।


नेपाली राजदूत पनि बंकरमा बसेर काम गर्नुभएको छ, त्यस्तै त्यहाँस्थित नेपाली राजदूत लगायत कर्मचारी पनि बंकरमा बसेर काम गरिरहेको प्रवक्ता लम्सालले बताइन् । युद्ध भएकोले बाहिर निस्किने स्वीकृति नभएको जानकारी आएको पनि उनको भनाई छ । 
 

प्रकाशित मिति: बुधबार, असोज २४, २०८०  १७:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update