Public Pana

प्रतिनिधिसभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिले सम्पत्ति शुद्धिकरण (मनी लाउन्डरिङ्ग) सम्बन्धी विधेयकलाई पारित गरेको छ ।

 
सिंहदरबारमा बुधबार बसेको समिति बैठकले सम्पत्ति शुद्धिकरण (मनी लाउन्डरिङ्ग) निवारण तथा व्यवसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक संशोधनसहित पारित गरेको हो ।

उक्त विधेयकका सम्बन्धमा उपसमितिले दिएको प्रतिवेदनका केहि बिषयलाई संशोधनसहित पारित गरिएको समिति सभापति विमला सुवेदीले जानकारी दिनुभयो ।

विधेयकको दफा १८ को उपदफा २ का उल्लेख सहकारीमा व्यक्तिगत बचतको सीमा सम्बन्धी व्यवस्थालाई हटाउने उहाले बताउनुभयो ।

उहाले उक्त विधेयक प्रतिनिधिसभाको आगामी बैठकमा पेश गर्नका लागि सभामुखलाई आग्रह गरिने बताउनुयो ।
 

प्रकाशित मिति: बुधबार, असोज २४, २०८०  १७:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update