Public Pana
संविधानविद्  डा. भिमार्जुन आचार्यलाई पितृ शोक
डा. आचार्यका स्व: पिता निमकान्त

संविधानविद् डा. भिमार्जुन आचार्यलाई पितृ शोक परेको छ ।

आचार्यका पिता निमकान्त आचार्यको ८४ वर्षको उमेरमा बुधवार विहान साढे ११ बजे निधन भएको हो ।

केही समयदेखी प्रेसर तथा दमको समस्याबाट ग्रसित आचार्यलाई स्वास्थ्यमा समस्या आएपछि अस्पताल लैजाने क्रममा निधन भएको हो ।

आचार्यका तीन छोरा र एक छोरी छन् । दिवंगत आचार्यका जेठा छोरा भिमार्जुन आचार्य संविधानविद हुन भने कान्छा छोरा सुभाष आचार्य पनि अधिवक्ता हुन । 
 
दाङको भरतपुर पनौरा निवासी आचार्य केही समयदेखी काठमाण्डौस्थित छोराहरुको घरमा बस्दै आउनुभएको थियो ।

आचार्यको पार्थिव शरीलाई आज ललितपुरस्थित अल्का अस्पतालमा राखिएको र माइलो छोरा काठमाण्डौ आएपछि बिहिवार विहान साढे ८ बजे पशुपति आर्यघाटमा अन्तेष्टी गरिने पारिवारिक स्रोतले जनाएको छ ।  

प्रकाशित मिति: बुधबार, असोज २४, २०८०  १५:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update