Public Pana
विमानस्थल कार्गो भवनमा प्रवेशका लागि ‘फ्ल्याप गेट’

त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरले बुधवारबाट कार्गो भवनमा प्रवेशका लागि फ्ल्याप गेट सञ्चालनमा ल्याएको छ ।

अनधिकृत व्यक्तिको प्रवेश र गलत क्रियाकलाप रोक्नका लागि यो गेट सञ्चालनमा ल्याइएको हो । 


प्रहरी रिपोर्ट र भन्सार कार्यालयको सिफारिसपछि नेपाल नागरिक उड्डयन प्राधिकरणबाट वितरण हुने ‘वाई’ पास बाहकले मात्र यो गेट पार गर्न सक्नेछन् ।
 

प्रकाशित मिति: बुधबार, असोज २४, २०८०  १५:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update