Public Pana
नेकपा एस केन्द्रीय कार्यालय सचिवको जिम्मेवारी श्रेष्ठले पाए

नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय सचिवको जिम्मेवारी जीवनराम श्रेष्ठले पाएका छन् ।

श्रेष्ठले आजै बुधबारबाट केन्द्रिय कार्यालय सचिवको जिम्मेवारी औपचारिक रूपमा बहन गरेका हुन् ।


पूर्वकार्यालय सचिव तथा उप–महासचिव गङ्गालाल तुलाधर, कार्यालय उपसचिव केदार संजेल, राजकीय मामला विभागका सचिव सिताराम नेपाल र विष्णु रिजालले श्रेष्ठलाई खादा लगाएर स्वागत गरे ।


श्रेष्ठले आफूलाई कार्यालय सचिवको जिम्मेवारी दिने केन्द्रीय कमिटी र सचिवालयप्रति आभार व्यक्त गरेका छन् ।
 

प्रकाशित मिति: बुधबार, असोज २४, २०८०  १४:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update