Public Pana
युवकको हत्या आरोपमा दुई जनालाई जन्मकैद 

जिल्ला अदालत इलामले युवकको हत्यामा संलग्न रहेका दुई जनालाई जन्मकैदको सजाय सुनाएको छ ।


एक वर्षअघि इलामको चुलाचुलीस्थित बुकुवा पुलमा युवकको हत्या गर्ने दुई जनालाई जन्मकैद अदालतले सजाय सुनाएको हो । चुलाचुलीका एलबी भनिने लालबहादुर गुरुङको हत्यामा दोषी ठहर गर्दै अरू सात जनालाई एक वर्ष कैद सजाय सुनाइएको छ भने एक जनाले सफाइ पाएका छन् ।


जिल्ला अदालतका न्यायाधीश दीपकुमार दाहालको इजलासले घटनामा संलग्न झ्याम्ले भनिने नरेशकुमार याख्खा र दिलबरे भनिने मनिराम लिम्बूलाई २५/२५ वर्ष कैद फैसला गरेको हो ।


फैसलाअुनसार उनीहरूले दुई लाख रुपैयाँ मृतकका हकवालालाई क्षतिपूर्ति दिनुपर्नेछ भने पीडितको मोटरसाइकलको क्षतिपूर्ति १२ हजार पाँच सय रुपैयाँ दिनुपर्नेछ ।

पीडित राहत कोषमा दुई हजार आठ सय रुपैयाँ जम्मा गर्नुपर्नेछ ।


एक–एक वर्ष कैद फैसला सुनाइएकामा पर्शुराम राई, नरेन्द्र दर्जी, विक्रम नेपाली, रोहित इङ्नाम लिम्बू, अनिश लावती, सेसेहाङ याख्खा र चन्द्रकुमार यवा छन् । फैसलाअनुसार उनीहरूले पीडित राहत कोषमा जनही दुई सय रुपैयाँ जम्मा गर्नुपर्ने छ। घटनामा संलग्न भनिएका समील राईले सफाइ पाएका छन् ।


२०७९ असोज ५ गते साँझ ४ बजेतिर चुलाचुली गाउँपालिका–५, बुकुवा पुलमा लालबहादुरको धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो ।
 

प्रकाशित मिति: बुधबार, असोज २४, २०८०  १४:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update