Public Pana
पूर्णरूपमा ‘प्रचण्ड’ सरकार असफल :  ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मधेश प्रदेश अधिवेशनको उद्घाटन गर्न जनकपुरधाम पुगेका छन् ।


काठमाडौँबाट विमानमा जनकपुरधाम पुगेका ओलीलाई नेता तथा कार्यकर्ताहरू स्वागत गरेका हुन् ।

उनको स्वागतका लागि पार्टी सचिव तथा मधेश प्रदेश इन्चार्ज योगेश भट्टराई, रघुवीर महासेठ, केन्द्रीय सदस्य उमाशङ्कर अरगरियालगायतका नेता विमानस्थल पुगेका थिए ।


अध्यक्ष ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको गठबन्धन सरकार पूर्णरूपमा असफल भइसकेको बताएका छन् ।


सञ्चारकर्मीको जिज्ञासामा उनले भने, ‘कहिले ढल्छ त्यो नभनौँ । तर, यो सरकारको काम छैन ।’


नयाँ सरकार बनाउन नेपाली काँग्रेससँग छलफलमा हुनुहुन्छ < भन्ने जिज्ञासामा अध्यक्ष ओलीले राजनीतिमा कुनै पनि दलसँग छलफल र संवाद सामान्य विषय भएको बताए ।


अध्यक्ष ओलीले जनकपुरधामस्थित पार्टी कार्यालयको नयाँ भवनको उद्घाटनसमेत गर्ने छन् । त्यसपछि उनले जनकपुरको महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रमा उद्घाटन गर्ने कार्यक्रम छ ।


अधिवेशनबाट एमाले मधेश प्रदेशले नयाँ नेतृत्व पाउनेछ ।

प्रकाशित मिति: बुधबार, असोज २४, २०८०  १४:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update