Public Pana
इन्जिनियर लाइसेन्स लिन छ हजारको आवेदन
सांकेतिक तस्बिर

इन्जिनियरिङमा स्नातक गरेका छ हजार २६ जनाले लाइसेन्स परीक्षामा सम्मिलित हुन आबेदन फाराम भरेका छन् ।

नेपाल इन्जिनियरिङ परिषद्ले एक महिनाको म्याद दिएर लाइसेन्स फाराम खुला गरेको थियो ।


परीक्षा आगामी मसिरमा सञ्चालन गरिने छ ।


परिषद्का रजिष्ट्रार शिबमगल गिरीले आबेदकको प्रमाणपत्र छानबिन गर्न बाँकी रहेको र अन्तिम नामावलीपछि प्रकाशित गरिने बताए ।


विगतमा आबेदन दिएकाजतिलाई लाइसेन्स उपलब्ध गराउने गरिएकोमा गत बर्षदेखि परीक्षा नै सञ्चालन गर्न लागिएको हो।

परिषदले यो तेस्रो पटक लिखित परीक्षा सञ्चालन गर्न लागेको हो ।


गत परीक्षामा धेरै असफल भएका थिए । पहिलो पटक सञ्चालन गरिएको परीक्षामा दुई हजार छ जनामध्ये ५६५ जना सफल भएका थिए ।


सो परीक्षामा २८.१६ प्रतिशत मात्रै उत्तीर्ण भएका थिए । विदेशमा अध्ययन गरेका ३७८ जनाले परीक्षा दिएकोमा जम्मा ५५ उत्तीर्ण भएका थिए ।


परिषदले लिएको दोस्रो पटकको परीक्षामा दुई हजार ४६८ जनामध्ये ८०१ जना अर्थात् ३३.८७ प्रतिशत मात्रै उत्तीर्ण भएका थिए । त्यतिबेला विदेश पढेर आएका ४०४ जनामध्ये ४१ जना मात्रै उत्तीर्ण भएका थिए ।


अहिले इन्जिनियरिङ परिषदले एक सय पूर्णांकमा ५० अंक ल्याए उत्तीर्ण हुन सक्ने व्यवस्था गरेको छ।

परीक्षामा सबै प्रश्न बस्तुगत हुने गरेको छ । नेपालमा हालसम्म ७८ हजार आठ सय इन्जिनियरले लाइसेन्स लिइसकेका छन् । 

गोरखापत्रबाट
 

प्रकाशित मिति: बुधबार, असोज २४, २०८०  १३:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update