Public Pana

अन्तर्राष्ट्रिय बालिका दिवस आज नेपालमा पनि विविध कार्यक्रम गरी मनाइएको छ । 


सन् २०११ देखि हरेक अक्टुबर ११ मा मनाउन थालिएको यो दिवसको यसवर्षको  नारा ‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको’ थालनी रहेको छ ।


दिवसका अवसरमा नेपालमा बालिकाको सशक्तीकरण, नेतृत्व विकास तथा सुरक्षाका विषयमा विविध कार्यक्रम भइरहेको छ । 


सोही अवसरमा बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानले शासन तथा सेवा प्रवाहका विविध क्षेत्रमा बालिकाको नेतृत्व स्थापित गराउन भूमिका ग्रहण (गल्र्स टेकओभर) मा सहजीकरण  कार्यक्रम आयोजना गरेको छ ।


कार्यक्रममा बालिकासँग बालअधिकारका लागि संसदीय समूह विषयक अन्तरक्रिया पनि गरिएको अभियानका महासचिव तिलोत्तमा पौडेलले जनाए ।
 

प्रकाशित मिति: बुधबार, असोज २४, २०८०  १३:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update